वीरगञ्जको सुपर ग्याँस उद्योगमा भीषण आगलागीः २ अग्नि नियन्त्रकको मृत्यु

वीरगञ्ज, ५ पुस । वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ मा रहेको सुपर ग्याँस उद्योगमा भीषण आगलागी हुँदा कम्तीमा २ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा आगो नियन्त्रणका लागि गएको दमकलमा रहेका यादवप्रसाद अधिकारी र मधुसुदन मिश्र रहेको बताइएको छ ग्यास चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिए पनि प्रष्ट हुन सकेको छैन । आगो नियन्त्रण गर्न गएको दमकलमा पनि आगो सल्किएपछि उनीहरुको मृत्यु भएको हो दमकलमै भएका अन्य दुईजना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि वीरगञ्जस्थित हेल्थ केअर हस्पिटलमा लगिएको छ उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको ठूलो टोली त्यहाँ पुगे पनि आगलागी फैलिरहेका कारण उनीहरु उद्योग नजिक पुग्न सकेका छैनन् वरपर बाक्लो बस्ती रहेको सो क्षेत्रका मानिसहरुलाई प्रहरीले अन्यत्र सारिरहेको बताइएको छ । भवानीपुर, सुखसैना, पटेलनगरलगायतका मानिसहरुलाई आगोको जोखिम बढेको भन्दै अन्यत्र सार्न लागिएको हो सो उद्योगभित्र कतिजना कामदार थिए भन्ने यकिन भएको छैन । उद्योगमा आगलागीपछि आसपासका विद्यालयहरु बन्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?