आमिरले गर्न नमानेको फिल्मलाई शाहरुख खानले गर्ने पक्का

एजेन्सी । बलिउड अभिनेता आमिर खानलाई अफर गरेको एक बायोपिक फिल्मलाई अब अर्का अभिनेता साहरुख खानले गर्ने पक्का भएको छ अभिनेता आमिर खानले १० वर्ष कुनै पनि बाहिरी ब्यानरको फिल्ममा काम नगर्ने निर्णय गरेपछि यसको मेकरले अर्का अभिनेता साहरुख खानलाई अफर गरिएको हो अन्तरिक्षमा पुग्न सफल पहिलो भारतीय नागरिक राकेश शर्माको बायोपिक फिल्मलाई सिद्धार्थ रोय कपुरले निर्माण गर्दैछन् । निर्देशन भने महेश मथाहीले गर्दैछन् । नायक आमिर आफैले साहरुखलाई भेटेर यो भूमिकाका लागि बताएका हुन् साहरुखले यो भूमिका यति राम्रो थियो भने तिमीले किन गरेनौ भनेर आमिरलाई सोधेका थिए । आमिरले १० वर्ष आफूले आफ्नो ब्यानर बाहिरको कुनै पनि फिल्म नगर्ने निर्णय गरेसँगै यो फिल्म छाड्नुपरेको बताएका थिए अहिले यो फिल्मको अफर साहरुखले स्विकार गरेको सञ्चारमाध्यमले जनाएको छ । यो फिल्मको नाम ‘स्यालुट’ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?