२५औँ आइजिपी शिल्डको उपाधि नेपाल प्रहरी स्कुललाई

धुलिखेल, ५ पुस । विद्यालयस्तरीय २५औँ आइजिपी शिल्ड प्रतियोगितामा काभ्रेको साँगास्थित नेपाल प्रहरी माध्यमिक विद्यालय प्रथम भएको छ मंगलबार भएको फाइनल खेलमा आयोजक नेपाल प्रहरी माध्यमिक विद्यालयले सैनिक आवासिय विद्यालय, भक्तपुरलाई अन्तिम मिनेटमा गोल हान्दै उपाधि हात पार्न सफल भएको हो । आइजिपी शिल्डको रजत वर्षको रुपमा प्रतियोगिता आयोजना भएको हो प्रतियोगिता निर्धा्रित ९० मिनेटमा दुवै विद्यालयबाट गोल हुन नसकेपछि खेल २० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । २० मिनेट थपिएको खेलको १९ औँ मिनेटमा प्रहरी स्कुलका पुजन पुरीले सैनिक आवासिय माविको रजत वर्ष खेलको उपाधि जित्ने सपनालाई चकनाचुर पारेको थियो । खेलका म्यान अफ दि म्याच पुरीले उत्कृष्ट हेडमार्फत गोल गरेका हुन् प्रतियोगितामा सैनिक आवासिय मावि, भक्तपुर दोस्रो र मल्पी इन्टरनेशनल स्कुल, पनौती तेस्रो भएका छन् प्रतियोगितामा प्रथम हुनेले नगद रु ३० हजार, ट्रफी र मेडल, दोस्रो हुने सैनिक आवासिय माविले नगद रु २० हजारसहित ट्रफी र मेडल तथा तेस्रो भएको मल्पी इन्टरनेशनल स्कुलले नगद रु १० हजारसहित ट्रफी पाएका छन् विद्यालयस्तरमा आइजिपी शिल्डले चिनिने सर्वा्धिक राशिको फुटबल प्रतियोगिताको २५औँ संस्करण मंसिर २४ गतेदेखि नेपाल प्रहरी स्कुल, साँगामा शुरु भएको खेलमा १९ वटा समूहको सहभागिता रहेको थियो नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले प्रतियोगितामा विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?