एकल संक्रमणीय कि बहुमतीय ? सिट बढाउने दाउ

काठमाडौँ, ५ पुस- राष्ट्रिय सभा सदस्य चयनका लागि कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विवाद टुंगोमा नपुग्दा संघीय संसद्को माथिल्लो सदनको निर्वाचन मात्र होइन, प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा र नयाँ सरकार गठनका काम नै अवरुद्ध छन् । राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय वा बहुमतीय भन्नेमा विवाद चर्किए पनि यसको मूल चुरो निर्वाचन प्रणालीका गुण–दोष नभई त्यसबाट आउने परिणामको आकलन नै हो एकल संक्रमणीय प्रणाली लागू भए राष्ट्रिय सभामा ९ देखि १४ सिट सुरक्षित गर्न सकिने कांग्रेसलाई लागेको छ भने बहुमतीय प्रणालीमा गए ती सिट पनि आफ्नै भागमा पर्ने वाम गठबन्धनको बुझाइ छ । विज्ञहरु भने जुनै प्रणाली स्वीकार गरिए पनि समानुपातिक–समावेशी प्रतिनिधित्वमा ताफ्विक फरक नपर्ने बताउँछन्, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?