चुनाव जित्ने वित्तिकै ओली किन पुगे रसुवागढी ?

काठमाडौं, ५ पुस- वाम विजयको बधाई थापिसक्न नपाउँदै एमाले अध्यक्ष केपी ओलीको रसुवागढी भ्रमण अर्थपूर्ण रह्यो । मंगलबार बिहान चार वटा हेलिकोप्टरमा महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङसहित २४ नेता लिएर चिनियाँ नाका पुगेका ओलीले यो उत्तरी ढोकालाई नेपाल-चीन आयात-निर्यातको मुख्यमार्ग बनाउने मात्रै बताएनन्, अब देश विकासको ढोकासमेत बनाइछाड्ने उद्घोष गरे उनले रसुवागढीको महत्व नबुझ्दा नेपाल आर्थिक रूपमा पछाडि परेको तर्क दिए । अनि राष्ट्रिय विभूति भृकुटी हिँडेको यो नाकामार्फत नेपाल-चीन साइनो ‘अझै विश्वसनीय बनाउने’ सन्देश पनि प्रवाह गरे । चीनले यो नाकालाई सेप्टेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएपछि दुवै देशको राजनीतिक नेतृत्वमध्ये ओलीको यो सबैभन्दा उच्च भ्रमण हो  वाम गठबन्धनको पक्षमा झन्डै दुईतिहाइ बहुमतलगत्तै किन ओलीबाट अकस्मात् उत्तरी नाका भ्रमण भयो त ? रसुवागढीबाट फर्केका एमाले नेता सुवास नेम्वाङले चिनियाँ नाका खोल्ने पुरानै प्राथमिकता कायम रहेको बताए । उनले भने, ‘चिनियाँ नाका खोल्ने पुरानै नीतिको निरन्तरता हो, प्राथमिकता बढेको या घटेको भन्ने होइन । अब बन्ने सरकारले यो नाकालाई मुलुकको समृद्धिका लागि अझै गतिशील ढंगले अघि बढाउँछ ।’कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठको भनाइमा, ओलीको रसुवागढी यात्रा नियोजित भ्रमण हो, जसको सम्बन्ध चिनियाँ प्राथमिकतासँग जोडिन्छ ।   अन्नपूर्ण पोस्टमा खबर छापिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?