करोडौँ लगानी तर पनि खेर गयो २६ लाख मत

काठमाडौं, ५ पुस – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ जनताले व्यक्त गरेको २६ लाख मत खेर गएको छ । मतदाता शिक्षाका लागि ठूलो रकम खर्च भए पनि मत बदरको अवस्था भने फेरिएको छैन । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार २६ लाख १० हजार ९६८ मत बदर भएको खबर गोरखापत्रमा खबर छ निर्वाचन आयोगले पहिलो र दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभामा ६८ प्रतिशतभन्दा बढी मत खसेको विवरण सार्वजनिक गरेको छ । सङ्ख्यात्मक हिसाबमा एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको छ; जसमध्ये आयोगको वेब पेजमा सार्वजनिक विवरणअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ९५ लाख ४४ हजार ७४४ मत सदर भएको छ । अर्थात् १० लाख ४२ हजार ७७७ मत बदर भएको छ । खसेको मतका आधारमा बदर मत ९.८४ प्रतिशत हो प्रदेशसभातर्फ झनै बढी मत बदर भएको छ । कुल मतमा ९० लाख १९ हजार ३३० मत सदर भएको छ । प्रदेशसभामा कुल १५ लाख ६८ हजार १९१ मत बदर भएको छ । कुल मतका आधारमा बदर मत १४.८१ प्रतिशत हो । प्रतिनिधिसभाभन्दा प्रदेशसभाको समानुपातिकतर्फ ४.९७ प्रतिशत बढी मत बदर भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?