यसकारण कर्मचारी समायोजन प्रभावित ?

काठमाडौँ, ५ पुस- कर्मचारी समायोजन नियमावली स्वीकृत हुन नसक्दा कर्मचारी समायोजन प्रक्रिया सुस्ताएको छ । नियमावली नहुँदा कर्मचारी समायोजनसँग सम्बन्धित सबै काम रोकिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ कर्मचारी समायोजनपूर्व स्थानीय तह र प्रदेशमा कुन–कुन कार्यालय रहने र ती कार्यालयका कस्ता संरचनामा कति कर्मचारी चाहिने भन्ने टुंगो लगाउन कर्मचारी समायोजन नियमावली आवश्यक हुन्छ । कर्मचारी दरबन्दी सर्वेक्षणका लागि समिति गठन गर्न नियमावली चाहिने भएकाले सबै काम रोकिएको मन्त्रालयको भनाइ छ कर्मचारी समायोजनका लागि तयार पारेको समायोजन नियमावली अहिले कानुन मन्त्रालयमा विचाराधीन अवस्थामा छ । अर्थ मन्त्रालयको सहमतिपछि पठाइएको एक महिनासम्म पनि कानुन मन्त्रालयमै अड्केको छ । कानुन मन्त्रालयले सहमति दिएर मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र नियमावली लागू हुनेछ । कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले प्रदेश र स्थानीय तहमा खटाउने कर्मचारीलाई कुन सर्त र आधारमा पठाउने भन्ने स्पष्ट भएपछि मात्र नियमावली टुंग्याइने बताए, नयाँ पत्रिकामा खबर  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?