नेविसंघको सिटिईभीटि केन्द्रिय समन्वय समितिमा नयाँ नेतृत्व !

काठमाडौँ ४ पुस। नेपाल विद्यार्थी संघ सिटिईभीटिको राष्टिय भेलाले नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बुुधबार राजधानीको सिटिइभीटि अन्तर्गतको आंगिक क्याम्पस बालाजुु स्कूूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी भएको भेलाले सिटिईभीटि केन्द्रिय समन्वय समितिमा कर्ण ओलीलाई अध्यक्षको जिम्मेवारी दिदै सम्पन्न भएको हो । यस्तै समितिको सचिबमा मधुुसुदन पराजुुली चयन भएका छन् नेविसंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा अर्का उपाध्यक्ष डिल्लिराम सुवेदी , केन्द्रिय सदस्य शुशिल भट्ट, पुुष्पराज बस्नेत, नवराज त्रिपाठी, पूर्व केन्द्रिय सदस्य गणेश सपकोटा , साथै विद्यार्थीनेताहरु विपिन अधिकारी, गोपी सिवाकोटी, परोपकार अधिकारी, हरी आचार्य, समधुर बराल, सुुमन पाण्डेलगायतको उपस्थिती रहेको थियो नेविसंघ केन्द्रिय अध्यक्ष नैनसिंह महरले पत्रमार्फत गणेश थामीलाई सिटिइभिटीको जिम्मेवारी दिएपनि देशभरबाट विद्यार्थीहरुले भेला गरी ओलीलाई चयन गरेका हुुन् । ओली नेविसंघका महामन्त्री कुन्दनराज काफ्नेसँग निकट मानिन्छन् । स्मरण रहोस् नेविसंघमा अझै पदाधिकारी लगायत विभिन्न विभाग र विश्वविद्यालय समितिले पूूर्णता पाउन सकेको छैन भने भर्खर सम्पन्न आम निर्वाचनमा केन्द्रिय अध्यक्षले प्रभावकारी भुुमिका नखेलेको आरोप लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?