२०७४, ४ पुष मंगलवार १५:०९

मेगा बैँक र टुरिजम डेभलपमेन्ट बैँक गाभिने


प्रकाशित मिति : २०७४, ४ पुष मंगलवार १५:०९

काठमाडौँ, ४ पुस – मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ मेगा बैँकको आज यहाँ आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो सभामा मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । मेगा बैैँकको प्रतिशेयर मुल्य रु १०० बराबर टुरिजम बैँकको प्रतिशेयर मुल्य ९५ कायम गरिएको छ । यस्तै टुरिजमको एक कित्ता शेयर हुने शेयरधनीले शुन्य दशमलव ९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् टुरिजम बैँकसँगको मर्जर प्रक्रियापछि मेगा बैँक नेपालको सबैभन्दा बढी पुँजी भएको बैँकहरुमध्येमा पर्ने अध्यक्ष शाहले बताए । टुरिजम बैँकले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस