वीरगन्ज महानगरपालिकाको मेयरका उम्मेद्धवारहरुवीच रस्साकस्सी, यस्तो छ वीरगन्जलाई समृद्ध बनाउने उम्मेद्धवारहरुको प्रतिबद्धता

पर्सा, २४ भदौ । प्रदेशनम्बर २ को निर्वाचनको तयारीमाप्रमुखदलकाशीर्ष नेताहरु जुटिरहेका छन् । असोज २ गते हुने उक्तनिर्वाचनमाप्रदेश नम्बर २ माएकमात्रै महानगरपालिकावीरगन्जको चुनावलाई लिएर चौतर्फी बहस र चर्चा भैरहेको छ । देशकै प्रमुखआर्थिक नगरी एवं दुई नम्बर प्रदेशको एक मात्रमहानगरपालिकावीरगन्जको प्रमुख पद हत्याउनदलहरू लागिपरेका छन् । प्रमुखदलसहितमधेसी दल कसरी महानगरको नेतृत्वगर्न सकिन्छ भन्नेमाशक्तिखर्चिरहेका छन् । यो महानगरपालिकामाकांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, फोरम नेपाल, राजपासहित स्वतन्त्र गरी दर्जनौं उम्मेदवारले महानगर नेतृत्वकालागिमनोनयनदर्ता गराएका छन् । वीरगन्जमहानगरपालिकाका मेयरकाउम्मेद्धवारहरुले आ–आफ््नो जीत सुनिश्चितभएको दाबीगर्दै आईरहेका छन् । शनिबार वीरगन्जको माईस्थानमा रिपोर्टर्स क्लब नेपालपर्सा शाखाले मेयरकाउम्मेद्धवारहरुसँग गरेको विशेष साक्षात्कारमा मेयरकाउम्मेद्धवारहरुले आफूले जिते विरगन्जको समग्र विकास गर्ने र समृद्ध बनाउने प्रतिबद्धता जनाएकाहुन् । पर्साकाअध्यक्षकनैया गुप्ताको अध्यक्षतामा सम्पन्नकार्यक्रममाबोल्दै नेपालीकांग्रेसकाका मेयरकाउम्मेद्धवार अजय द्धिवेदीले आफनो पहिलो एजेण्डा नै विकास भएको स्पष्ट पारे । उनले निर्वाचनमाआफूहरुको मात्रै नभएर जनताहरुको पनिअब परिक्षाआएको बताए । उनले थपे,“हामीले भोट दिँदा, राजनीति र समाजको लागिपनि एक भोटले निर्धारण गरिरहेको छ । राजनीतिक निष्ठाको हुन्छ किहुँदैन?विकासको लागिपनिकांग्रेसको नेतृत्व हुन्छ ।” उनले आफू विजयीभएवीरगन्जको रौनक बढाउने, महानगरलार्ई समृद्ध बनाउने आफ्नो योजना रहेको बताए । उनले थपे,“मेरो उम्मेद्धवारी भनेको कागजी घोषणामात्रै होईन, व्यवहारमा नै सभ्य सहर बनाउनको लागिपनिहो । सुरक्षाको अनुभुति गराउनको लागिपनि मेरो उम्मेद्धवारी हो, ठूला तथाखुद्राव्यापारीहरुको सुरक्षा र हकहितकोलािगकामगर्नेछु ।” त्यस्तै उनले वीरगन्जऔधोगिकनगरी भएपनिकिसानहरुको हकहितको लागिपनिआफूले पहलकदमीलिने वचनदिए । द्धिवेदीले थपे,“ईतिहाँसमाविरगन्जको कृषिमापनिविकास गर्न, हरेक गाउँमाशहर बनाउन, मेरो उम्मेद्धवारी हो । मोवाईल हेल्थक्लिनिकचलाउनेछु, युवा, तथा खेलाडीहरुलाई प्रोत्साहन, खेलकुद परिषदबनाउनेछौं । पूरानो शहरलाई सुगमबनाउनेछु। सडकव्यवस्थापनगर्नेछु ।” त्यस्तै उनले वीरगन्जप्रदेश नम्बर २ को राजधानीहुने पनिबताए । नेकपाएमालेका मेयरकाउम्मेद्धवार बसरुद्दिन अन्सारीले धेरै गफगर्न आफूलाई नआउने बताउँदै भने,“मलाई धेरै गफगर्न आउँदैन्, जनताजनार्दन हुन् । जनताले जसलाई मन पराउँछन् त्यसलाई विजयी बनाउँछन् । म आश्वासन र झूठो वचनदिनचाहन्न ।” उनले आफू मेयरमाविजयीभएजनताले अनुभवगर्ने खालको विकास गर्ने प्रतिबद्धता जनाएउनले भने,“महानगरपालिकाकाजनतालाई अनुभवदिलाउनेगरि काम गर्छु, हामीजनता नै मुख्यहौं, योग्यमानिस को हो भन्ने कुरा ?विकासकाकामहरु धेरै बाँकीछ । बाटाघाटाहरु खाली छन्, यी सबै बनाउने मेरो प्रण छ।” कार्यक्रममा नेकपामाओवादी केन्द्रका मेयरकाउम्मेद्धवार रहबर अन्सारीले पनिवीरगन्जको विकासको लागिआफूले कामगर्ने विश्वास दिलाए । उनले आफू युवाभएकोले वीरगन्जको विकासको लागिनवीनतम टुल्सको प्रयोग गर्ने बचनदिए । उनले आफूलाई पार्टीले विश्वास गरेर टिकट दिएको भन्दै जनताले पनिआफूलाई अध्यधिकमतदिएर विजयीबनाउने बताए । उनले वीरगन्जको समग्र विकासको लागि र समृद्ध महानगरको लागिआफूसँग स्पष्ट भीजन रहेको समेत सुनाएँ । राजपा नेपालका मेयरकाउम्मेद्धवार राजेशमान सिंहले ठूलाठूला कुरा गरेर विकास नहुने बताए । उनले,“जनताकोसामु हामीले ठूलो वाचालिएर आएका छैनौं, विरगन्जकाजनताले राजपा नेपाललाई मतदान दिन्छन् । जनताको दुःखमाको काँधमाकाँधलिएर हिँडेको छ भन्ने कुरा यहाँकाजनताहरुलाई राम्रोसँग थाहा छ, त्यसैले हामीबोल्नुभन्दापनिकाम गरेर देखाउँछौं।” सिंहले विरगन्जको समग्र विकास र जनताको जीवनस्तर उकास्नको लागिआफनो उम्मेद्धवारी भएको स्पष्ट पारे । त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीफोरमको तर्फबाट विजयी सरागवीले पनिआफूले वीरगन्जको विकासको लागि धेरै काम गरेको र भोलिकादिनमा नेपालकै नमूनामहानगर बनाउने प्रणका साथआफू मेयरको लागि मैदानमाउत्रिएको बताए । उनले आफू विजयीभएवीरगन्जको मुहार फेर्ने समेत विश्वास दिलाए । कार्यक्रममा नेमकिपाबाट मेयरकाउम्मेद्धवार मुनाकुमार साह, नेपालीजनता दलबाबाट मनोज कुमार रौनियार, स्वतन्त्रउम्मेद्धवार विकास यादवले पनिवीरगन्जको विकासको लागिआफूहरुको उम्मेद्धवारी भएको बताएकाथिए । उनीहरुले वीरगन्जको मुहार फेर्नको लागि ठूला दलकाउम्मेद्धवारले नसक्ने बताउँदै आफूहरुले मात्रै यहाँको विकास गर्न सक्ने जिकिर गरेकाथिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?