कपिलवस्तुमा जाडोले दुई दिनमा दुई जनाको मृत्यु

केहीदिन देखी बढेको अत्याधिक चिसोका कारण तराईका जिल्लाको जन जिवन प्रभावित भएको छ । चिसोका कारण सित लहर चल्दा कपिलवस्तुमा अहिले सम्म २ जनाको मृत्यु भइसकेको छ । पुष २ गते कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा परिचय नखुलेको एक जना र मंगलवार कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगञ्जमा परिचय नखुलेको महिलाको शब फेला परेको छ चिसो हावा र बाक्लो हुस्सुका कारण पुष १ गते देखी घाम नदेखिएपछि तर्राईका जिल्लामा अत्यधिक चिसो बढेको छ । घामै नदेख्ने गरी चिसो बढेपछि बालबालिका, बृद्धा,लगायतलाई समेत समस्या परेको स्थानिय बद्रि श्रेष्ठको भनाई छ जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले जाडोबाट प्रभावितको सहयोगका लागि सामूहिक प्रयास गरिने निर्णय गरेका छ । इलाका प्रशासन कार्यलय चन्द्रौटाका प्रमुख जगदिश अर्यालका अनुसार स्थानीय तह संगको सहकार्यमा जाडोबाट प्रभावितको पहिचान गरि दाउरा र त्यसपछि न्यानो कपडा वितरण गर्ने सहमति भएको हो ।त्यस्तै शिवराज नगरपालिकाले चिसो वढेसगै अव खरिद गरेर विभिन्न ठाउमा राखिदिने र आगो वाल्ने व्यवस्था गर्ने नगरप्रमुख नेत्रराज अधिकारीले वताए । अस्पताल तथा स्वास्थ्यकेन्द्रहरुमा न्युमोनिया, दम, कोल्ड डाईरिया भएका बिरामीको चाप बढ्न थालेको छ । चिसोको असर चौपाया र हिउँदे बालीमासमेत परेको छ शीतलहरले आलु र गोलभेँडाका बोटमा डढेलो रोग लाग्न थालेपछि किसानहरु समेत चिन्तीत छन । बाक्लो हुस्सुका कारण तराई भेगमा सवारी साधन चलाउन अप्ठेरो भएको छ । उता विद्यार्थिहरुलाई पनि चिसोले विद्यालय पुग्न गाह्रो भएको छ । अहिलेको जाडोयममा सरकारले दउराको व्यवस्थापन गरीदिए राहत हुने महाराजगञ्जका निबर धुनियाले बताउनु भयो । चिसोले दिन प्रती दिन तराइको जनजिवन कष्टकार बन्दै गएको छ । जाडोबाट बच्नाका लागि सरकारले पनि उचित कदम चल्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?