सरकारले गर्यो अहिले नै सत्ता हस्तान्तरण नगर्ने कुरा

वाम गठबन्धनले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरिरहेको बेला सरकारले अहिले नै सत्ता हस्तान्तरण गर्न नसकिनिे स्पष्ट पारेको छ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सरकारले अत्यावश्यक ऐन मानि पेश गरेको अध्यादेशलाई राष्ट्रपतिले स्विकृत गरेपछिमात्रै सत्ता हस्तान्तरण गर्न वातावरण बन्ने बताएका छन् मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले अध्यादेश रोकिँदा प्रतिनिधि र प्रदेशसभा निर्वाचन ऐन पूर्ण रुपमा कार्यन्वयनमा आउन नसकेको भन्दै संविधानको धारा ८४ र ८६ अनुसार राष्ट्रिय सभा गठन नभई सरकार छोड्न नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?