एमालेसँग एकता गर्न लागेको माओवादी केन्द्रमा यसरी जाँदैछ भुइचालो

काठमाडौं, ४ पुस । निर्वाचन अघि एकाएक चुनावी गठबन्धन र पार्टी एकताको घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको प्रक्रिया अघि बढेपछि केही नेताहरु त्यहाँबाट बाहिरिएर नयाँ पार्टी निर्माणको अभियानमा जुटेका छन् सोमबारमात्रै बसेको माओवादी केन्द्रको बैठकले सरकार गठन सँगसँगै एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढाउने निर्णय गरेपछि सो पार्टीका केही युवा नेताले त सार्वजनिक रुपमा नै एमालेसँगको एकताको विपक्षमा आफ्नो मत प्रकट गर्न थालेका छन् एमालेसँगको एकताको घोषणा भएपछि सक्रिय रुपमा पार्टी पुनर्गठन गरेर अघि जाने बताएका गोपाल किरातीलगायतको समूह शिथिल बनेपनि पार्टीमा निकै शान्त रुपमा आफ्नो अभियान सञ्चालन गर्दै आएको विश्वभक्त दुलाल ‘आहुती’ सहितको टोली पार्टी एकताको विपक्षमा उभिने तयारी गरेको उच्च स्रोतले जनायो दुलालसँग माओवादी केन्द्रका केही माथिल्लो तहका र केही युवाहरु साथमा रहेको बताइन्छ । उसको अभियानलाई युवा नेताहरु बलराम तिमल्सिना ‘विप्लव’, जागृत रायामाझी, ध्रुव पराजुलीलगायतले साथ दिइरहेका छन् भने वैद्य माओवादीका केही नेताले समेत साथ दिने वचन दिएका छन् नेपालका दुई ठूला वामपन्थी पार्टीबीचको एकताको प्रयासलाई दुई छिमेकी मुलुकले समेत चासोपूर्वक हेरिरहेका छन् । भारतले यो एकतालाई रोक्न प्रयास गरिरहेको बताइन्छ भने चीनले दुई वाम मिलेको हेर्न चाहेको छ तर एकता भएको अवस्थामा माओवादी केन्द्रको एउटा हिस्सा भने त्यहाँबाट अलग भएर नयाँ कम्युनिस्ट पार्टी निर्माणमा लाग्ने तयारी गरेको उच्च स्रोतको दाबी छ दुलालको समूह अब नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भएको तर समाजवाद र साम्यवादसम्मको यात्राका लागि अहिलेका कम्युनिस्ट पार्टीहरु तयार नरहेको तथा दुई वामको एकताले कम्युनिस्ट आन्दोलनको मृत्यु हुने भन्दै नयाँ पार्टी निर्माणमा जुटेको हो एमाले–माओवादी केन्द्र एकताको विपक्षमा देखिएका बलराम तिमल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘अझै जो–जो साथीहरूलाई पार्टीको अहिलेको यात्रा र चरित्र फलिफाप हुने लागेको छ, उहाँहरू जानुहोस् । जो–जोलाई अहिलै दुवै हातमा लड्डु छ, तिनीहरूले त हाम्रा कुरा सुन्नेवाला नै छैनन् । जो–जो साथी क्षणिक र व्यक्तिगत फाइदाका लागि सिद्धान्त नै धरौटीमा राख्न तयार हुनुहुन्न, ती–ती साथीहरू छलफल गरौं । तुरुन्तै दल दर्ता गर्ने, चुनावमा दौडिहाल्ने र राष्ट्रिय पार्टी बनेर मोलतोल गर्दै एकाध मन्त्री पड्काइहाल्ने धपेडीबाट मुक्त भएर हामी ठन्डा दिमागले कम्युनिस्ट आन्दोलनको मृत्युयात्राको समीक्षा गर्नेछौं । देशव्यापी र व्यापक बहस गर्नेछौं । दर्शन, विचार र राजनीतिमा लागेको महामारी रोगको परीक्षण गर्नेछौं र बिस्तारै नयाँ बाटो तय गर्नेछौं ।’उनी थप लेख्छन्, ‘हाम्रो अबको बाटो हतारमा कसैलाई ‘देखाइदिने’ मनशायबाट प्रेरित हुनेछैन । अबको हाम्रो तरिका कसैलाई तथानाम गाली गर्ने पनि हुनेछैन । बरू ‘किन यस्तो भयो ?’ भनेर समीक्षा गर्ने हुनेछ । छब्बीस वर्षको सहयात्राका जित–हार, सुख–दुःख, साथ–घात सबै कुरालाई सम्झँदै र भविष्यमा पनि मित्रवत् छलफलको ढोका खुलै राख्ने प्रतिबद्धतासहित यो पटकलाई बिस्तारै ‘बाईबाई, टाटा‘’ भन्नुपर्ने समय आउँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?