धनकुटालाई प्रादेशिक राजधानी बनाउनुपर्ने भन्दै काठमाडौमा आन्दोलन

काठमाडौँ, ४ पुस- धनकुटालाई प्रादेशिक राजधानी बनाउन माग गर्दै काठमाडौंमा दवाव अभियान सुरु गरिएको छ । धनकुटा प्रादेशिक राजधानी घोषणा दवाव समूहले मंगलबार काठमाडौंको माईतघर मण्डलामा एक कार्यक्रम आयोजना गरी धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउन दवाव अभियान सुरु गरेको हो हिमाल, पहाड र तराईलाई मिलाएर मुलुकलाई समृद्ध बनाउने संविधान र जनताको भावना अनुसार पनि धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउन उपयुक्त हुने अभियानमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक नेता एवम धनकुटाका पूर्व सांसद सुनिलबहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?