ट्रम्प प्रशासनको सुरक्षा रणनीति : रुस र चीन प्रतिस्पर्धी/विरोधी शक्ति

वासिंगटन, ४ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन् उसको सुरक्षा रणनीतिले ‘अमेरिका फर्स्ट’ वा पहिले अमेरिका भन्ने उनको चुनावी नारालाई प्रतिविम्बित गरेको छ । ट्रम्पको रणनीतिमा आर्थिक शक्ति र आन्तरिक सुरक्षामा जोड दिँदै सीमामा कडा नियन्त्रण र बलियो सेना निर्माणलाई जोड दिइएको छ ट्रम्पले गरेको सम्बोधनमा चीन र रुसलाई अमेरिकालाई चुनौति दिइरहेका प्रतिस्पर्धी र प्रतिद्वन्दी शक्तिका रुपमा उल्लेख गरिएको छ । यस्तै अमेरिकाले आतंकवादी संगठन, अन्तर्राष्ट्रिय अपराधिक सञ्जाल र हिंसात्मक गतिविधिमा संलग्न भएका समूहले समेत चुनौति थपेको उल्लेख गरेका छन ट्रम्पको नीतिमा ट्रम्पले मस्को र बेइजिङसँग सहकार्यभन्दा बढी प्रतिस्पर्धामा जोड दिइएको छ । ट्रम्पले भने, ‘हामीले हाम्रा प्रतिद्वन्द्वी शक्तिका रुपमा रुस र चीनको सामना गरिरहेका छौं । उनीहरु अमेरिकी प्रभाव मान्यता र सम्पत्तिलाई चुनौती दिने कोशिश गरिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?