२०७४, ४ पुष मंगलवार ०६:४९

मह उत्पादनमा वृद्धि


प्रकाशित मिति : २०७४, ४ पुष मंगलवार ०६:४९

दाङ, ४ पुस – जिल्लामा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ नेपाल माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष एकसय टन बढी मह उत्पादन भएको छ । चरन व्यवस्थित गरेका कारण मह उत्पादनमा वृद्धि भएको हो महासंघका अध्यक्ष श्रेष्ठ यस वर्ष कृषकले दुई तीनपटकसम्म मह काढेको बताउछन । गत वर्ष अधिकांश कृषकले एकपटक मात्र मह निकालेका थिए । जिल्लामा यस वर्ष करिब ३२० टन मह उत्पादन भएको श्रेष्ठले बताए । गत वर्ष २२० टन मह उत्पादन भएको थियो जिल्लामा १५ हजार माहुरीको घार रहेको नेपाल माहुरी पालन महासंघ दाङले जनाएको छ भने ६५० माहुरी पालक किसान रहेका छन् । जिल्लामा उत्पादनको करिब २० प्रतिशत मात्र खपत हुन्छ । जिल्लाबाट मह काठमाडौँ, पोखरा, इटहरी, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगञ्जलगायत शहरमा बिक्री गरिँदै आएको श्रेष्ठ बताउछन अहिले जिल्लामा प्रशोधित मह प्रतिकिलो रु ४०० र प्रशोधन नगरिएको मह रु ३०० देखि रु ३५० सम्ममा बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस