बसको ठक्करबाट बर्दघाटमा एक युवकको मृत्यु

बर्दघाट, ४ पुस । नवलपरासीको बर्दघाट नगरपालिका–४ मा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ गएराति पौने १ बजे ना ७ ख १८५४ नम्बरको यात्रुबाहक बसको ठक्करबाट नाम नखुलेका अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बससहित चालकलाई ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको छ मृतकको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?