बार्सिलोना स्टार मेस्सीको हातमा एकै दिन दुई वटा अवार्ड

बार्सिलोना, ४ पुस । स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले एकै दिन दुई वटा अवार्ड जितेका छन् उनलाई बार्सिलोनामा आयोजित विशेष कार्यक्रममा दुई वटा अवार्ड प्रदान गरिएको हो मेस्सीलाई सन् २०१६÷१७ सिजनमा स्पेनिस ला लिगामा सर्वाधिक गोल गरेबापत पीचीची अवार्ड प्रदान गरिएको छ भने उनलाई मार्काले अलफ्रेडो डि स्टेफानो अवार्ड पनि प्रदान गरिएको छ यो अवार्ड ला लिगामा सिजनभर उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिन्छ मेस्सीले गत सिजन ला लिगामा ३४ खेल खेल्दै ३७ गोल गरेका थिए । बार्सिलोनाकै लुइस सुवारेजले ३५ गोल गरेका थिए । बार्सिलोनाकै डी आन्द्रे इनिएस्टा भने स्पेनको महत्वपूर्ण खेलाडी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?