नेताहरु काठमाडौं, युवाहरु काम खोज्न विदेश

चुनावपछि नेताहरु काठमाडौं फर्किएको र युुवाहरु चाहिँ भारत पसेको खबर आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा खबरछापिएको छ अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे । दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यस पटक चुनावका कारण ढिलोसम्मै घर बसे । नयाँ जनप्रतिनिधि चुनेपछि उनी छिमेकी युवासहित काम खोज्दै फेरि भारत पसेका हुन् ‘भोट हालेर काम खोज्न हिँड्यौं,’ दिल्ली जान लागेका विकले भने, ‘गहुँ छरेर कात्तिकमै जाने मन थियो, गाउँका नेताले चुनाव आउनै लाग्यो । भोट हालेर जाऊ भनेकाले रोकियौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?