सरकारको गृहकार्यमा मधेशी दल

काठमाडौं, ४ पुस – प्रदेश सभा तथा प्रतिनिधि सभाको सम्पूर्ण नतिजा आइ सकेपछि दलहरुले आगामी कार्यनीति तथा सरकार गठनको विषयमा परामर्श सुरु गरेका छन् । चुनाव सम्पन्न भएसँगै मतदातालाई बधाई तथा शुभकामना दिएर राजधानी फर्केका विभिन्न दलका नेताहरु आगामी सरकार तथा प्रदेश सभा गठनको विषयमा आपसी परामर्श थालेका छन् प्रदेश २ मा मधेसवादी दलले प्रदेश सरकार गठनका लागि स्पष्ट बहुमत ल्याएपछि दलका नेताहरुले त्यसका लागि आपसमा गृहकार्य सुरु गरेका छन् । महोत्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर राजधानी फर्किएका छन् । काठमाडौंँ फर्केलगतै उनले केन्द्र तथा प्रदेशमा गठन हुने सरकारको विषयमा परामर्श सुरु गरेका हुन् समानुपातिकको परिणाम सार्वजनिक भएपछि पार्टीबाट समानुपातिक उम्मेदवारको बारेमा पनि उनले पार्टीभित्र परामर्श सुरु गरेका छन् । जित पछिको विजय उत्सव मनाउन जिल्लामा रहेका दलका नेताहरुलाई राजधानी फर्किन उनले खबर पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?