घूसको रकमसहित इन्जिनियर यादव पक्राउ

लहान, ३ पुस- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज साँझ सिरहाको लहानबाट घूस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय, सिरहाका इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ का रामजानकी कन्स्ट्रक्सन दर्ताका लागि सिफारिश पाउन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्यालय, सिरहामा निवेदन दिँदा सिफारिशबापत इन्जिनियर यादवले घूस माग गरेका थिए   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?