१३ लाख खर्च गरेर शेखर हराए लालबाबु पण्डितले ?

काठमाडौं, ३ पुस— मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता लालबाबु पण्डितले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको खर्चको विवरण चकित पार्ने खालको रहेको छ । उम्मेदवारहरुले करोडौ खर्च गरेको बताइँदा उनले जिल्ला निर्वाचन कार्यालय मोरङलाई बुझाएको विवरणमा भने १३ लाख १६ हजार १७८ खर्च भएको उल्लेख गरेका छन् उनले बुझाएको खर्च विवरणमा सबै भन्दा धेरै सवारी साधनमा २ लाख ४० हजार खर्च भएको देखाइएको छ यस्तै प्रचार सामग्रीमा २ लाख ८ हजार ६१५, इन्धनमा ९८ हजार ५५०, गोष्ठी तथा कार्यकर्ता परिचालनमा २ लाख ८ हजार ६४, प्रतिनिधि परिचालनमा ६२ हजार ५१४, कार्यालय खर्चमा १ लाख २० हजार ४७५ रुपयाँ खर्च भएको उल्लेख गरेका छन् यस्तै मतदाता नामावली खरिदमा १५००, ढुवानीमा ३४ हजार ४६०, चुनाव प्रचारमा १ लाख ८७ हजार र अन्यमा ८३ हजार खर्च भएको उल्लेख गरेका छन् उनले कांग्रेसका चर्चित नेता शेखर कोइरालालाई हराएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनले कोइराला विरासतलाई ढलाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?