चलचित्र ‘शत्रु गते’को ‘रुपै मोहनी नारन रुपै मोहनी’ गीतको छायांकन सम्पन्न

काठमाडौं । नेपाली चलचित्र ‘शत्रु गते’ का कलाकारहरुले एक गीतको म्यूजिक भिडियोको छायांकन सम्पन्न गरेका छन् । चलचित्रको ‘रुपै मोहनी नारन रुपै मोहनी’ बोलको गीतमा छायांकन भएको हो । गीतमा सबैजसो कलाकारलाई फिचरिङ गरिएको छ । राजधानीको चावहिलस्थित समता अस्पताललाई झिलिमिली बनाएर यो गीतको छायांकन सम्पन्न गरिएको हो यस गीतको म्यूजिक भिडियोमा फिल्मका लीड कलाकारहरु जस्तै, हरिवंह आचार्य, दीपकराज गिरी, दिपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचरिङ गरिएको थियो टंक वुढाथोकीले तयार पारेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । चैतको ९ गतेबाट रिलिज हुने यो फिल्मलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?