मेगा बैंकले विपन्न वर्गका लागि ४ अर्बको लगानी गर्दै

काठमाडौं, ३ पुस । चालू आर्थिक वर्षको अन्त्यसम्म मेगा बैंक नेपालले विपन्न वर्गका लागि गर्दै आएको लगानी ४ अर्ब पुर्याउने भएको छ मेगा बैंक नेपालकी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले चालू आव २०७४–०७५ को अन्तसम्ममा ४ अर्ब विपन्न वर्गमा लगानी गर्ने बताएकि छिन् त्यस्तै, मेगा बैंकको लघुवित्त एकाइले देशभर रहेका करिब ५० वटा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा कामु खुञ्जेलीले अहिलेसम्म बैंकले विपन्न वर्गका लागि करिब २ अर्ब ४६ करोड लगानी गरिसकेको भन्दै बाँकी रकम पनि यसै आवको अन्तयसम्ममा लगानी गरिसक्नेमा बैंक ढुक्क भएको बताइन् बैंकको मुख्य लक्ष्य नै हलोदेखि हाइड्रोसम्म लगानी गर्ने भएको भन्दै उनले विपन्न वर्गका लागि गरेको कर्जाको असुलीमा जोखिमसमेत न्यून रहेकाले मेगा बैंकले लघुवित्तलाई प्राथमिकता दिएको बताइन् यस्तै, मेगा बैंकका लघुवित्त एकाइका प्रमुख प्रकाश पोखरेलका अनुसार, लघुवित्तलाई प्राथमिकता दिने उद्देश्यले मेगा बैंकले लघुवित्त एकाइ नै स्थापना गरेको छ । मेगा बैंकका देशभर छरिएका ४७ वटा शाखामा लघुवित्त एकाइअन्तर्गत ७५ जना कर्मचारी कार्यरत छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई अनिवार्य रूपमा ५ प्रतिशत रकम विपन्न वर्गमा लगानी गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?