चालू आवको पहिलो त्रैमासमा २३ अर्बको सेयर सूचीकृत

काठमाडौं, ३ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गत असोग मसान्तसम्ममा लगभग २३ अर्ब रुपैयाँ बराबरको सेयर सूचीकृत भएको थिए । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा साधारण सेय तर्फ १ अर्ब २० करोड, १४ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, ७० करोड बराबरको बोनस सेयर र ७ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र गरी कुल २३ अर्ब ३१ करोड बराबरको थप धितो सूचीकृत भएको हो त्यस्तै, अव २०७४ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग असोज मसान्तसम्मको धितोपत्र बजार पुँजीकरणको अनुपात ६९.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो अनुपात ८८.९ प्रतिशत रहेको थियो बजार पुँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको अंश ८३.८ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४.४ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.५ प्रतिशत, होटलहरूको १.८ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ७.५ प्रतिशत रहेको छ असोज मसान्तसम्ममा कुल सेयर कारोबार रकममा ५७ प्रतिशतले कमी आई ६ अर्ब ६४ करोड रुपैयाँ हुन पुगेको छ । कारोबार रकम गत वर्षको सोही अवधिमा १२३.३ प्रतिशतको वृद्धि भई १५ अर्ब ४५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ असोज मसान्तमा १९६ रहेको छ बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरूको संख्या घटेको केन्द्रीय बैंकले जनाएको छ । सूचीकृत कम्पनीहरूमध्ये १५१ वटा बैंक तथा वित्तीय संस्था (बिमा कम्पनीसमेत) रहेका छन्, भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १६ वटा जलविद्युत् कम्पनी, ४–४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?