बाख्रा पालन कृषिकको भोगाइ, बैंकले झुलायो ९ महिना

काठमाडौं, ३ पुस । विगत ५ वर्षदेखि बाख्रा पालन गर्दै आएको नुवाकोटका अमृत तिवारीको र्फाममा अहिले १५० ओटा बाख्रा छन् । र्फाम सुरु गर्दा उनी जम्मा १८ वर्षका थिए देशलाई मासुमा आत्ममिर्भर बनाउने उद्देश्यले उनले बाख्रा र्फाम खोलेका थिए । साथै देशमा बढ्दो बेरोजगार युवाहरुलाई आफ्नै देशमा रोजगारीको सिजृना गर्नु उनको मुख्य उद्देश्य रहेको थिए त्यस्तै, उनका अनुसार, म सँग बाख्रा छन् तर, बाख्रा र्फाम छैन । सबै बाँसको थियो तर, भत्कियो । त्यस्तै, विगत २ वर्षदेखि विभिन्न बैंकहरु धाए । तर, ५ प्रतिशत को कृषि कर्जा लिन कसैले सहयोग गरेनन् नेपाल बैंकले पनि ५ प्रतिशतको कर्जा दिन्छ भन्ने सुनेर बैंक गए । तर, नेपाल बैंकले पनि विगत ९ महिनासम्म झुलायो बैंकलाई आवश्यक पर्ने सम्पूर्ण कागजात तयार पारे । ६० हजार खर्च गरेर धितो राख्नको लागि भनेर ८० लाखको सम्पत्ति पनि देखाए । सबै नियम तरिका पूरा गरेको थियो बैंकले सरकारी मूल्यांक गर्दा ४८ लाख हुन आयो तेसमा २० लाख भन्दा बढी दिन मिल्दैन भनियो । त्यसमा पनि मैले हुन्छ भने तर, नेपाल बैंकका प्रबन्धन अनिल घिमिरेले अहिले आएर मोटरबाटो भएन नक्सामा देखिएन भन्दै कर्जा दिन नमिल्ने जानकारी दिए  त्यस्तै, तिवारीले भने, ‘बैंकलाई पेस गरेको  नक्सा र त्यसमा देखिएको मोटरबाटो दुवै प्रमाण फेसबुकमा पोस्ट गरेको छु, उनले थप्दै भने, कसरी हुन्छ हाम्रो देशमा कृषि क्रान्ति, कसरी बन्छ देश कृषिमय, कसरी बाच्लान हाम्रो देशका किसान । कहिले पाउने कृषकले आफ्नो अधिकारी र सुविधा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?