यौनक्रिडामा लिप्त दुई नायिका पाँचतारे होटलबाट रंगेहात पक्राउ

हैदराबाद, ३ पुस । हैदरावादमा यौन धन्दामा संलग्न रहेको आरोपमा दुई नायिकासहित चार जना रंगेहात पक्राउ परेका छन् । प्रहरीले पश पञ्जारा हिल्स इलाकाका पाँच तारे होटलमा शनिबारराति छापा मार्दा उनीहरु पक्राउ परेका हुन् पक्राउ पर्नेमा एक जना बलिउड नायिका रहेकी छन् भने अर्की टेलिभिजन अभिनेत्री हुन् । पक्राउ पर्ने अन्य दुई जना भने अनलाइनबाट यौनधन्दा चलाउने र ग्राहकका लागि कोठाको व्यवस्था गर्ने व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ प्रहरीले पक्राउ परेका अभिनेत्रीको पहिचान भने सार्वजनिक गरेको छैन । एक प्रहरी अधिकारीले मुम्बईका दुई युवतीलाई होटलबाट पक्राउ गरिएको र छानविन जारी रहेको जानाकारी गराएका छन् पञ्जरगुट्टा प्रहरीका निरीक्षक एस.रविन्दरले प्रहरीले देहव्यापार भइरहेको सूचनाको आधारमा डेक्कन होटलको कोठामा छापा मारेको जनाएका छन् । सो क्रममा त्यस इलाकाका अन्य होटलमा पनि छापा मार्दा दुई नायिका समेत रंगेहात पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?