यी औषधिको प्रयोग गर्दा नष्ट हुनसक्छ यौन क्षमता

एजेन्सी । कतिपय यस्ता औषधि छन् जसले तपाईको यौन जीवनमा प्रभाव पारेको हुन्छ । जानिराखौँ यस्ता औषधिको बारेमा – उच्च रक्तचापका औषधिः–उच्च रक्तचापका औषधिले यौन जीवनलाई प्रभावित पार्न सक्छ । ब्लड प्रेसरका लागि प्रयोग गरिने जस्तो क्लोनिडिन, अल्फा मिथाइल डोपर, ग्वानेथिडिन आदि यौन यच्छालाई कमी ल्याइदिन सक्छन् । बिटास्पेन, अल्फाबोटा, डोपाजिट जस्ता औषधिले यौनांग उत्तेजित हुने प्रक्रियामा अवरोध सिर्जना गर्न सक्छन् । यी आौषधिले शरीरमा प्रोलकिटन नामक हर्मोन बढाएर पुरुषमा नपुंसता हुने खतरा बढ्छ – हर्मोन सम्बन्धि औषधिः–हर्मोन सम्बन्धि औषधिले यौनजीवन प्रभावित पार्न सक्छन् । एन्टी एन्ड्रोजनस् औषधि जस्तो साइप्रोटेरन र किटोकोनजाल शरीरमा टेस्टोस्टेरन हर्मोनको स्तर कम गर्न सक्छन् । जसका कारण पुरुष नपुंसकताको शिकार हुन सक्छन् । अनावश्यक थाइरक्सिन औषधिको सेवनले पनि यौनेच्छा घट्छ । एस्ट्रोजनको अत्याधिक प्रयोगले कामेच्छा र वीर्यको मात्रामा कमी ल्याउने समस्या देखिन सक्छ – दुखाइ कम गर्ने औषधिः–एन्टिबाइटिक अर्थात् दुखाइ कम गर्ने औषधिले यौनेच्छामा कमी ल्याउने संभावना हुन्छ । यौनेच्छा बढाउने औषधि पेनकिलर्ससँगै लिँदा त धेरै प्रकारका साइड इफेक्ट देखिन सक्छन् । मार्फिन र कोडिन जस्ता दुखाइ कम गर्ने औषधिले यौन इच्छा समेत कम गर्छन् – दमको औषधिः–दमका औषधिले पनि यौन जीवनमा प्रभाव पार्न सक्छ । यस्ता औषधिमा एफीड्रिन, इरब्युटालिन आदिका सिम्पेथोमिमेटिक परिणाम पुरुषको लिंगको उत्तेजनामा ह्रास आउन सक्छ । अल्सरको औषधि अल्सरको उपचारका लागि प्रयोग हुने औषधि जस्तो सिमेटिडिन, अल्टेक आदिको नियमित सेवनले यौन जीवन प्रभवित हुने संभावना हुन्छ । त्यसैगरी यौनांग उत्तेजित कम हुने संभावना पनि रहन्छ – एन्टीड्रिप्रेसन औषधिः–लगतार एन्टिडिप्रेसनको औषधि प्रयोग गर्नुले पनि यौनेच्छामा कमी ल्याउन सक्छ । निद्राका लागि लिइने औषधि जस्तो, डायजापाम, कम्पोज आदिले पनि कामेच्छा कमजोर बनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?