अदितीले भनिन्, ‘मलाई सन्नी लियोनीसँग नदाज्नु’

काठमाडौं, ३ पुस । भारतीय म्यूजिक भिडियो हुँदै नेपाली नायक अनमोल केसी अभिनीत फिल्म ‘कृ’मा काम गरेकी नायिका अदिती बुढाथोकी भारतमा बसोबास गर्ने गर्छिन् । बलिउड चलचित्रमा प्रवेश गर्ने तयारीमा रहेकी अदितीको ‘कृ’ भने पहिलो नेपाली चलचित्र हो त्यस्तै, केहीदिन पहिला मात्रै एउटा भारतीय सञ्चारमाध्यमले अदितीलाई सन्नी लियोनीसँग दाज्दै समाचार प्रकाशन गरेको थियो । बलिउडमा जम्दै गरेका कारण अदिती भारतीय सञ्चारमाध्यममा छाउनु अनौठो थिएन तर पनि बलिउडकी हट नायिका सन्नी लियोनीसँग दाजेपछि भने उनी चर्चामा आइन गत शुक्रबार चmचित्र ‘कृ’को ट्रेलर रिलिज कार्यक्रममा पहिलो पटक सञ्चारमाध्यमको सामुने अदितीले भनिन्, ‘मलाई सन्नी लियोनीसँग दाजेकोमा दुखी भएकी छु । म सधै अदिती बुढाथोकीको रुपमा आफूलाई परिचित गराउन चाहँन्छु ।’ट्रेलर रिलिज कार्यक्रममा नायक अनमोल केसीले पनि अदितीको कामको खुलेरै प्रशंसा गरेका थिए । नायक अनमोल भन्छन्, ‘अदिती निकै मिहिनेत गर्छिन् । म उनको कामबाट प्रभावित छु ।’अदितीको काम धेरथोर ‘कृ’ ट्रेलरमा देखिएपनि फिल्म रिलिजपछि मात्र उनको आगामी फिल्मी करिअरको बाटो निर्धारण हुन्छ । तर, अनमोलसँग जोडी बाँधिएदेखि भने अदिती नेपाली सञ्चारमाध्यमामा खुब छाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?