२०७४, २४ भाद्र शनिवार ०९:५१

नुवाकोट दुर्घटनाका घाईतेहरुलाई भेट्न कांग्रेस नेता केसी ग्रिनसीटि अस्पतालमा


प्रकाशित मिति : २०७४, २४ भाद्र शनिवार ०९:५१

नुवाकोट, २४ भदौ ।नुवाकोटको शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्याङमा यात्रुबहाक बस दुर्घटना भएको छ । शनिबार काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन ।मृत्युभएकाहरुको संख्या अझै बढ्न सक्ने बताईएको छ । दुर्घटनामा एक दर्जन बढि घाइते भएको जनाइएको छ । प्रहरी घटनास्थल सम्म पुगिनसकेको हुनाले घटनाबारे थप विवरण आउन बाँकी छ ।अपडेटनुवाकोटका प्रमुख जिल्ला अधिकारीले मृत्यु हुनेको संख्या ३ पुुगेको बताएका छन ।दुर्घटनाका घाईतेहरुको राजधानीको ग्रीनसीटि अस्पतालमा उपचार भैरहेको छ ।केही घाईतेहरुलाई उद्दार गरि राजधानीको ग्रीनसिटी अस्पतालमा ल्याईएको छ ।घाईतहरुको अवस्था बुुझ्न कांग्रेस नेता अर्जुन नरसिंह केसी र जगद्धिश्वर नरसिंह केसी अस्पताल पुगेका छन ।

प्रतिक्रिया दिनुहोस