राजधानीबाट नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ

काठमाडौं, ३ पुस । नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्रहरू बनाउने गिरोहका ७ जनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले काठमाडौँका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो पक्राउ पर्नेमा रूकमको झुला–३ घर भई काठमाडौँ धापासी बस्ने न्यू लुम्बिनी कमिन्यूकेशन एण्ड डिजिटल फोटो स्टुडियो संचालक २३ वर्षीय टेक बहादुर बुढा मगर, रोल्पाको माडी गाउँपालिका–४ घर भई काठमाडौँ नयाँ बसपार्क हिलेटोल मनमैजु बस्ने ३० वर्षीय राप्ती फोटो स्टुडीयोका संचालक रामजी प्रसाद डि.सी, गोरखाको शहिद लखन गाउँपालिका–७ घर भएका काठमाडौँ नयांबजार बस्ने रचना फोटो स्टुडियो संञ्चालक २६ वर्षीय विराज श्रेष्ठ, म्याग्दकोी मंगला गाउँपालिका–४ घर भएका काठमाडौँ गंगबु गणेशथान बस्ने ३४ वर्षीय कान्तीपुर म्यानपावर सामाखुसीका कर्मचारी श्याम कुमार थापा मगर, स्याङजाको हरीनाथ गाउँपालिका–३ मग्याम घर भई काठमाडौँ गंगबु मित्रनगर बस्ने स्याङजा तनहुँ कमिन्युकेशनका संचालक ५६ वर्षीय हरिबहादुर शाही, ललितपुरको माहालक्ष्मी नगरपालिका–५ बस्ने श्रेष्ठ कमिन्युकेशनका संचालक ४० वर्षीय हरेराम श्रेष्ठ, धादिङको निलकण्ठ नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भूमार्ग बस्ने कल्की एयरपोर्ट स्टुडियोका संचालक २५ वर्षीय बिश्वनाथ अधिकारी रहेका छन् प्रहरीले उनीहरुको साथबाट नेपाल सरकार लेखेको होलो ग्राम, विभिन्न व्यक्तिहरुको नामको सवारी चालक अनुमतीपत्रहरु, शैक्षिक योग्यताको प्रमाणपत्रहरू (मार्कसिट, ट्रान्सकिप्ट, चारित्रिक प्रमाणपत्र) नेपाली नागरिकता तथा राहदानी, विभिन्न संस्थाको रबर स्ट्याम्पहरु, क्प्युटरको सिपियु , हार्ड्िडक्स लगायतका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?