प्रधानमन्त्री देउवासँग जापानी राजदूतको भेटवार्ता

काठमाडौँ, ३ पुस । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उनीहरुबीच आपसी हितका बारेमा कुराकानी भएको थियो राजदूत ओगावा एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?