‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन शुरु

जुम्ला, ३ पुस – विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थान जुम्लाको साविकको छुमचौर गाविसको लौठचौरमा निर्माण गरिने ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन कार्य शुरु गरिने भएको छ कर्णाली तथा ६ नं प्रदेशको खेलकुद गतिविधि, ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ रंगशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनका क्रममा जुम्ला पुगेको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले ‘ट्रेनिङ सेन्टर’ सम्भाव्यता अध्ययनको कार्य शुरु गर्ने भएको हो सोहीअनुसार आजैदेखि सम्भाव्यता अध्ययनको कार्य थाल्ने जिल्ला खेलकुद विकास समितिको कार्यालय जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए आइतबार यहाँ आएको सो टोलीले छुमचौरको लौठचौरमा निर्माण हुने ‘ट्रेनिङ सेन्टर’लाई ‘कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ जुम्ला खलंगामा निर्माण प्रस्ताव गरिएको राँझासिमलाई ‘कर्णाली रंगशाला’ नामाकरण गर्न सुझाएको छ । दुवै संरचना निर्माणको कार्य शुरु गर्न भन्दै सचिव दाहालले मन्त्रालयबाट हुने सहयोगमा यो क्षेत्रलाई प्राथमिकता दिने वचन दिए । मन्त्रालयको टोलीले रंगाशालाका लागि प्रस्तावित चन्दननाथ नगरपालिकाको राँझासिम, कभर्ड हल र जुम्लाको खेल गतिविधिको अनुगमन गरेको छ ‘कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ र ‘कर्णाली रंगशाला’ निर्माणले एकातिर ६ नं प्रदेशको खेल जगतको पूर्वाधार तयार हुनेछ भने अर्कोतिर कर्णाली क्षेत्रलाई खेलकुद पर्यटनका रुपमा विकास गर्दै लैजान ठूलो अवसर प्राप्त हुने देखिन्छ । यसका लागि सम्बन्धित सबै सरोकारवालाले बेलैमा ध्यान दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?