रामपुरमा खरका छानारहित नगर कार्यक्रम शुरु

रामपुर, पाल्पा, ३ पुस – रामपुर नगरपालिकामा खरका छानारहित नगर कार्यक्रम शुरु भएको छ नगरपालिकालाई सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रम सञ्चालन गरेको हो स्थानीयवासीले नगरपालिकामा पेश गरेको आवेदनका आधारमा क्रमैसँग अबको पाँच वर्षभित्र रामपुर नगरपालिकालाई खरका छानामुक्त नगर बनाउने योजनाका साथ यो कार्यक्रमलाई तदारुकता दिइएको छ खरका छानारहित नगर कार्यक्रममा ७६८ घरधुरीले आवेदन पेश गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए । संकलित निवेदनका आधारमा अब छिट्टै नै प्राविधिकसहितको कर्मचारी र जनप्रतिनिधिको टोली गाउँगाउँमा पुगेर वास्तविकता बुझेर मात्र अनुदानस्वरुप कर्कटपाता दिने तयारीमा रहेको नगर प्रमुख थापाले बताए“मूल घरमा खरको छाना भएको हुनुपर्ने र प्राविधिकको नाप नक्साङ्कनअनुसार घरको क्षेत्रफल हेरेर, कर्कटपाता छाउने तयारी गरेपछि एक घरधुरीलाई रु २५ हजारदेखि ४० हजारसम्मको अनुदानस्वरुप कर्कटपाता उपलब्ध गराउनेछौँ”, उनले भने आर्थिक वर्ष २०७४/७५ मा खरका छानारहित नगर कार्यक्रमका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ । अझै पनि यहाँका नगरवासी आर्थिक अभावले खरका छानामुनि बसेर जीविका चलाउँदै आइरहेका छन् संकलित आवेदनका आधारमा गरिब तथा विपन्न, दलित समुदायलाई कर्कटपाता राख्नका लागि छिटो अनुदान उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । नगरपालिकाका जनप्रतिनिधिले शुरु गरेको यो कार्यक्रमबाट यहाँका नगरवासी उत्साहित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?