उपाधी विजेता नेपाली यु–१६ क्रिकेट टोली आज स्वदेश फर्किदै

काठमाडौं, ३ पुस । एसीसी यू–१६ इष्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको उपाधि विजेता नेपाली टोली आज स्वदेश फर्किदैछ टोली दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । थाइल्याण्डमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपाली टोलीले उपाधि जितेको हो सेमिफाइनलमा मलेसियालाई हराएको नेपालले समूह चरणमा आयोजक थाइल्याण्ड, हङकङ र म्यानमारलाई पराजित गरेको थियो । प्रतियोगिताको सबै ५ खेलमा अपराजित रहँदै नेपालले उपाधि जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?