म्यान्चेस्टर युनाईटेड र लिभरपुलको जित, आज एक खेल हुने

काठमाडौं, ३ पुस । इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबारराति भएका खेलमा म्यान्चेस्टर युनाईटेड र लिभरपुल विजयी भएका छन् आइतबाररातिको पहिलो खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वेष्ट ब्रोमलाई २–१ ले पराजित गर्‍यो युनाईटेडको जितमा रोमेलु लुकाकु र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे भने वेस्टब्रोमका लागि ग्यारेथ ब्यारीले एक गोल फर्काए प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ४–० ले हरायो । लिभरपुलको जितमा फिलिप कौटिन्हो, डेजान लोभ्रेन, मोहमद सलाह र रोबर्टो फिर्मिनोले एक–एक गोल गरे आइतबाररातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ५२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत छ भने समान खेलबाट ४१ अंक जोडेको युनाईटेड दोस्रो तथा ३८ अंक सहित चेल्सी तेस्रो स्थानमा रहेको छ प्रिमियर लिग अन्तर्गत सोमबारराति एकमात्र खेल हुनेछ । सोमबारराति एभर्टनले आफ्नै घरेलु मैदानमा स्वान्सी सिटीको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?