११ हजार कुपोषित बालबालिकाका लागि पोषण अभियान शुरु

महोत्तरी, ३ पुस । जिल्लामा करिब ११ हजार कुपोषित बालबालिका भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले पिठो वितरण कार्यको अभियान शुरु गरेको छ शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएकाले सो अभियानले यस्ता बच्चालाई सुपोषित बनाउने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ बालपोषण शाखाका अधिकृत गिरेन्द्र झाका अनुसार पहिलो चरणमा सदरमुकाम जलेश्वरका विभिन्न स्थानमा पिठो वितरण गर्ने अभियान आजदेखि शुरु भएको र यो अभियान जिल्लाभरिमा सञ्चालन हुने छ कुपोषणमुक्त महोत्तरी बनाउनका लागि जिल्लाको हरेक स्थानमा सुनौलो हजारदिनका साथै पोषणसम्बन्धी सचेतनासम्बन्धी जानकारी गृहणीको भान्छा घरसम्ममै पु¥याउने लक्ष्य लिएको अधिकृत झाले बताए सो अभियानअन्तर्गत जलेश्वर, बर्दिवास, गौशाला, लोहारपट्टी, पिपरा, एकडारा, बलवा, रामगोपालपुरलगायतका ११ स्थानमा पोषण युनिट स्थापना गरिने छ जिल्लाका हरेक स्थानमा गरी एक हजार ८८८ बच्चामा शीघ्र कुपोषणको समस्या देखिएको छ भने नौ हजार बच्चामा जटिल किसिमको कुपोषण फेला परेको प्रमुख झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?