चिल्लीमा सम्पन्न भएको चुनावमा पुरातनवादी नेता पिन्येराल राष्ट्रपतिमा विजयी

एजेन्सी । चिल्लीमा सम्पन्न भएको दोस्रो चरणको राष्ट्रपतीय चुनावमा त्यहाँँका पुरातनवादी अर्वपति सेबास्टियन पिन्येराल विजयी भएको छन् उनका विपक्षी वामपन्थी धारका यालेखयान्ड्रो गिएरले उनको जित स्वीकार गर्दै बधाई दिएका छन् कुल खसेको मतको ९८ प्रतिशत गणना हुँदा पिन्येराले ५४ प्रतिशत मत प्राप्त गरेका थिए यसले देश अब दक्षिणपन्थी विचार तिर लागेको संकेत गर्छ जहाँ समाजवादी राष्ट्रपति मिच्चेल ब्याचएलएटले नेतृत्व गरिरहेकी छन् त्यस्तै, पिन्येराका हजारौं समर्थकहरुले देशभरका सहरहरुमा खुशियाली मनाइरहेका छन् राष्ट्रपति ब्याचएलएटले पिन्येरालाई फोनमार्फत बधाई दिएकी छन्, जसलाई त्यहाँको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो उनीहरु दुईले सत्ता हस्तान्तरणबारे छलफल गर्न सोमबार भेटघाट गर्ने सहमति गरेका छन् अहिले भएको चुनावमा, विदेशमा बसेका नागरिकले समेत पहिलोपटक मतदान गर्न पाउने गरी करिब १ करोड ४० लाख मानिसहरु मतदान गर्न योग्य मानिएको थियो अर्बपति व्यापारी पिन्येराले पहिलो चरणको मतदान फराकिलो अन्तरले जितेका थिए जसले गर्दा राष्ट्रपतिको उम्मेदवारको संख्या अन्तिम चरणको चुनावसम्ममा आठबाट दुईमा झरेको थियोउनले यसअघि नै सन् २०१० बाट २०१४ सम्म देशमा शासन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?