विप्लव र बाबुरामको सिंगै पार्टी माओवादीमा विलय

भक्तपुर, २४ भदौनयाँ शक्ति पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपाको भक्तपुर जिल्ला पार्टी कमिटी नेकपा माओवादी केन्द्रमा विलय भएको छ ।भक्तपुरको सूर्यविनायकमा आयोजित वृहत बैचारिक राजनितिक धुव्रिकण कार्यक्रममा यी दुई पार्टीका जिल्ला अध्यक्ष सहतिको समूह माओवादी केन्द्रमा समाहित भएका हुन् ।नयाँ शक्ति नेपाल पार्टीका जिल्ला संयोजक ओम वाग्लेको नेतृत्वमा कार्य समिति र केन्द्रिय परिषदका केहि सदस्य गरी ६२ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।त्यसैगरि नेकपा (माओवादी) विप्लव नेतृत्वको जिल्ला पार्टी कमिटी अध्यक्ष युवराज आर्चायको नेतृत्वमा ७२ जनाले पार्टी प्रवेश गरेको नेकपा माओवादी केन्द्रका नेता डिपी ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?