आरोप–प्रत्यारोपमा कांग्रेस नेता, अर्जुननरसिंह केसी भन्छन् यस्तो

काठमाडौं, ३ पुस- प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरूबीच परिणामका लागि को दोषी भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ, राजधानी दैनिकमा खबर छ  निर्वाचनअघि अप्रत्याशित परिणामको अपेक्षासम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भएलगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको भन्दै नेतृत्वले जवाफ दिनुपर्ने बताए केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन समितिका संयोजक रमेश रिजाल भने निर्वाचनको परिणामपछि नेतृत्वलाई आरोप लगाउन नमिल्ने पक्षमा छन् । पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसले नराम्रै परिणाम आउँदा पनि दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको उदाहरण रहेको भन्दै अत्तालिएर नेतृत्वमाथि आरोप लगाउनु जायज नहुने नेता रिजाल बताउँछन् नेता अर्जुननरसिंह केसी आरोप–प्रत्यारोपभन्दा हारको कारक पत्ता लगाएर समाधान खोज्नुपर्ने निष्कर्षमा छन् । नेता, नीति र नेतृत्व सबै जिम्मेवार भएर निर्वाचन परिणामको समीक्षा गर्नुपर्ने उनको धारणा छ । कांग्रेस युवा नेता रामहरी खतिवडा मन्त्री बनाउँदा भागबन्डा खोज्ने सबै नेताले हारको नैतिक जिम्मेवारी लिन तयार हुनुपर्ने बताउँछन् । उनले मन्त्री बनाउन भाग खोज्नेहरू नै अहिले परिणामलाई लिएर पन्छिन खोजेको समेत दाबी गरे  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?