प्रदेशको समानुपातिक मत: पाँच प्रदेशमा एमाले पहिलो, दुईमा काँग्रेस

काठमाडौँ, ३ पुस -प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) पाँच वटा प्रदेशमा धेरै मत लिएर पहिलो भएको छ भने दुई वटा प्रदेशमा नेपाली काँग्रेस ठूलो दल बनेको छ एमालेले प्रत्यक्ष र समानुपातिकको प्रारम्भिक मत विभाजनको आँकलन अनुसार प्रदेश १ र ३ मा एकल सरकारका लागि बहुमत हासिल गरेको छ । प्रदेश ६ मा एमालेबिना सरकार गठनको अवस्था छैन । भने, अन्य प्रदेशमा सरकार गठनका लागि गठबन्धनका सबै विकल्प खुला देखिएका छन् प्रदेश १, ३, ४, ५ र ६ मा समानुपातिकतर्फ पनि एमाले पहिलो ठूलो दल बनेको छ । यद्यपि समानुपातिकतर्फ दोस्रो बनेको काँग्रेससँग ठुलो अन्तर भने छैन । प्रदेश २ र ७ मा काँग्रेस पहिलो दल बनेको छ । प्रदेश ७ मा भने पहिलो काँग्रेस र दोस्रोमा रहेको एमालेबीच ३५ हजार मतको फरक रहेको खबर गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?