कहिले हुन्छ समानुपातिकको सिट बाँडफाँट ?

काठमाडौँ, ३ पुस – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिए पनि सिट बाँडफाँटका लागि भने अझै केही दिन लाग्ने निर्वाचन आयोगले जानकारी दिएको छ । जिल्लाबाट निर्वाचन क्षेत्रगत रुपमा अन्तिम परिणाम आएपछि मात्र आयोगले दलले पाउने सिटको बाँडफाँट गर्ने जानकारी दिएको छ आयोगले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मत अनुसार नेकपा एमाले समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ । नेकपा (एमाले) ले दोस्रोमा रहेको नेपाली काँग्रेसभन्दा ४६ हजार १०५ मत बढी पाएको छ समानुपातिकतर्फको अन्तिम मतगणना अनुसार यस पटक राष्ट्रिय दलको मान्यता पाउने दलको सङ्ख्या पाँच मात्र हुने भएको छ । आयोगले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक नगरे पनि सदर मतको तीन प्रतिशतको हिसाबले पाँच दलले मात्र राजनीतिक दल सम्बन्धी ऐनले ताकेको थ्रेसहोल्डको तीन प्रतिशत कटाएका छन् आयोगले सार्वजनिक गरेको प्रारम्भिक सदर मत ९५ लाख ४४ हजार ७४४ रहेको छ । जसअनुसार थ्रेसहोल्ड तीन प्रतिशत कटाउन दुई लाख ८६ हजार ३४२ मत आवश्यक पर्नेछ । तीन प्रतिशत नकटाउने दलको मत गणना समानुपातिकतर्फ सिट बाँडफाँटका लागि गणना हुँदैन । गोरखापत्रमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?