धनगढी उपमहानगरपालिका र ग्राम विकासबीच सम्झौता

  • गगन अयडी

कैलाली, २ पुस— धनगढी उपमहानगरपालिकालाई स्मार्ट उप–महानगरपालिका बनाउने उद्देश्यले उप–महानगरपालिका र ग्राम विकास तथा अनुसन्धान केन्द्र धनगढीबीच सम्झौता भएको छ उप–महानगरपालिका भित्र रहेका भौतिक तथा सबै प्रकारका सम्पतिलाई वेबसाईट मार्फत जनतालाई सु–सूचित गर्ने उद्देश्यका साथ ग्राम विकासले उप–महानगरपालिकामा एक वर्षका लागि सम्झौता गरेको छ परियोजनाका लागि उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र ग्राम विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष दिर्घराज उपाध्यायले आईतबार सम्झौता पत्रमा हस्ताक्षर गरे धनगढी उप–महानगरपालिकालाई आईटी प्रविधि तथा तथ्यांकको अभाव भैरहेको अवस्थामा सम्झौता हुनुले स्मार्ट सिटी निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ अब ग्राम विकासले सुसाशन परियोजना मार्फत एक वर्षमा धनगढी उप–महानगरपालिका भित्र रहेका भौतिक संरचना, पर्यटकीय क्षेत्र, सडक सञ्जाल तथा सबै सम्पतिको अनलाईन तथ्याङक उप–महानगरपलिकासंगको सहकार्यमा राख्ने छ उप–महानगरपालिकाका नया वेबसाईट निमार्ण गरेर विविध तथ्याङक राख्ने बताईएको छ । यो परियोजनाले दुई स्थानमा सुचना प्रविधिको स्थापना गर्ने समेत सुसाशन परियोजनाका सलाकार बिनोद उपाध्यायले बताए धनगढी उप–महानगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश चन्दले उप–महानगरपालिकाले गरेका कामको सुचना प्रविधिको प्रभावकारीता योजनाले गर्ने बताए जनतालाई उप–महानगरपालिकाको सूचना पाउन सहज हुने, धनगढी उपमहानगरपालिकाको ई–प्रोफाइलाई परियोजनाले प्राथामिकता दिने सूचना प्रविधि अधिकृत सुरेश चन्दले जानकारी दिए परियोजनाले जनता र उप–महानगरपालिकाबीचको सम्बन्धलाई निकटता ल्याउने अपेक्षा गरिएको छ सम्झौतापछि उप–महानगरपालिकाको काम समेत पारदर्शी हुनुका साथै जनताले सुझाब सल्लाहसमेत दिन पाउने उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?