नेपालको बंगलादेशसँग लज्जास्पद हार, ६ गोल खायो

काठमाडौँ, २ पुस – यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् मोगिनीले खेलको १३आँैं मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३२औँ मिनेटमा गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा मोगिनीले अर्को गोल गर्दै आफ्नो टिमलाई ४–० को अग्रता दिलाइन् यस्तै, खातुनले खेलको ६९आँै र ७२आँैं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् अर्को खेलमा भारतले भुटानलाई ३–० गोलअन्तरले पराजित ग¥यो नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?