नक्कली लुटपाट, प्रहरी नै चकित

इलाम, २ पुस- इलाममा बेवारिसे हतियार फेला परेको केही दिन बित्न नपाउँदै सोही घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ बस्ने ३२ वर्षीय राजबहादुर तामाङ, फिदिम नगरपालिका–१० बस्ने ३३ वर्षीय भयप्रसाद विक, पाँचथर फालेलुङ गाउँपालिका–८ बस्ने ५४ वर्षीय महेन्द्रकुमार दर्जी, फाल्गुनन्द गाउँपालिका–४ का ४४ वर्षीय रुद्रकुमार नेम्वाङ र फाल्गुनन्द गाउँपालिका–६ का ६० वर्षीय योगेन्द्रप्रसाद आङ्दम्बे रहेका छन् जिल्ला प्रहरी कार्यालय, इलामले आज पत्रकारसम्मेलन गर्दै घटना सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा पक्राउ पर्नेहरुका साथबाट रु ९० लाख १० हजार रकमसमेत बरामद गरिएको इलामका प्रहरी प्रमुख विपिन कर्माचार्र्यले जानकारी दिए सोही घटनामा संलग्न विर्तामोडका योगेश राईलाई पनि झापा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर अनुसन्धान भइरहेको इलामका प्रहरी प्रमुख कर्माचार्यले जानकारी दिए मंसिर २५ गते राति इलामको तिल्केनीमा भएको लुटपाटको घटना सार्वजनिक भएको थियो । प्रहरीको अनुसन्धानबाट उक्त लुटपाट भनिएको घटना नक्कली भएको खुल्न आएको छ । लुटपाटका योजनाकार राजबहादुरले योजनाबद्ध तरिकाले सो घटना घटाएको पनि अनुसन्धानमा खुलेको बताइएकोे छ योजनाकार तामाङले प्रहरीसमक्ष आफूसँग बहुमूल्य रत्न छ भनी पाँचथरका राजेन्द्र रिजाल, तारा भट्टराई र डिल्ली ढुंगानालाई रत्नको मूल्य धेरै पर्ने तर तपाईंलाई सस्तोमा दिने भन्दै नगद रु दुई करोड ५७ लाख ५८ हजार र ६० लाख मूल्य पर्ने जग्गा ठगेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको थियो । सो रकम लुटिएको देखाउनलाई सो घटनाको योजना गरेको पनि खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?