९ जेष्ठ २०७९, सोमवार

सरकारले सुनमा सिन्डीकेट लगाउँदा तस्करी मौलायो

२०७४,भाद्र,२४,शनिवार ०९:४१

9
Shares

दाङ २४ भदौ ।नेपाल सुचचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन सुनारले तस्करी र चोरी गरि ल्याएको सुन व्यवसायीहरुले नकिन्ने गरेको दावी गर्नु भएको छ । रिपोटर्स क्लव दाङले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष सुनारले ठूलो मात्रामा तस्करीको सुन नेपालमा भेटिएको घटनालाई लिएर वयसयाीहरुमा पनि संका हुन थालेको भन्दै उनले व्यवसयीहरुलाई आबश्यक सुन राज्यको निकायबाटै आधिकारिक रुपमा किनेर ल्याउने तर तस्करी भएको सुन कुनै पनि सुनचाँदी ब्यवसायीले खरिद नगर्ने गरेको दावी गरे । नेपालमा किलोका किलो सुन तस्तरको माध्यमबाट भित्रिरहेको भए पनि व्यवसायीले त्यो सुन नकिनने गरेको वताए । हामीलाई सिजनमा ५० केजी र अफ सिजनमा २५ केजि सुन आबश्यक पर्छ उनले भने तर राज्ले २५ किलो सिजनमा र २० किलो अफ सिजनमा दिदा पनि त्यसैले बजार व्यवस्थापन भएको वताऐ नेपालमा सुन तस्करी बढनुमा सरकारनै जिम्मेवार भएको आरोप लगाए । उनले सहज रुपमा पाउनु पर्ने कच्चा पदार्थमा सरकारले सिन्डीकेट, कोटा, स्टिम लगाउँदा तस्करी मौलाएको दावी गरे । उनले यसमा व्यवसयाीहरु संलग्न नभए पनि बाहिरि व्यक्तीहरु सक्रिय रहेको वताए । रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सुनारले उपभोक्ताहरुलाई गुणस्तरिय, शुद्ध, स्वस्च्छ बस्तु दिनेमा महासंघ प्रतिबद्ध भएको वताए । उनले सुनको कच्चा पदार्थ सहज रुपमा व्यवस्थापन गर्न राज्य संग माग गरिरहेको भए पनि त्यो पुरा हुन नसकेको वताए । उनले सरकारलाई तत्काल बजार निर्दे्शिका जारी गर्न आग्रह गर्दै निर्दे्शिका अहनुसार व्यवस गर्न आफुहरु तयार भएको वताए ।साक्षात्कारमा नेपाल भरि वार्षिक रुपमा ३० अर्वको सुन खपत हुने गरेको सुनारले जानकारी दिए भने २५ हजार व्यवसायीहरु यो ब्यवसायमा रहेका वताए । उनले यस बाट ५ लाख युवाहरुले रोजगार पाएको वताए । कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विर बहादुर रावत , निवर्तमान अध्यक्ष विमल रिजाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए सोहि अवसरका तुलसीपुर उद्योग वाणिजय संघले व्यवसयाीहरु लाइ स्वागत समेत गरेको थियो ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार ०९:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले

काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा छ साथ साथ” नामक आकर्षक ग्राहकमुखी उपहार

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै

काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको

ताजा समाचार

दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता
 २०७९,जेष्ठ,९,सोमवार १०:१९
के हुँदैछ जनकपुर उपमहानगरको मतगणना ?
 २०७९,जेष्ठ,९,सोमवार १०:१७
जहाँ ओलीको बोली, त्यहाँ एमालेको हार
 २०७९,जेष्ठ,९,सोमवार ०९:५८
मधेसमा ‘नेवार’, नेवाःमा ‘मधेसी’
 २०७९,जेष्ठ,९,सोमवार ०९:४२