होटल अन्नपूर्णबाट ओली र प्रचण्डको देउवालाई चेतावनी

काठमाडौँ, २ पुस -नेकपा एमाले र माओवादी केन्द्रले सरकार गठन प्रक्रियामा व्यवधान खडा गर्ने प्रयास नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएको छ निर्वाचनपछि स्पष्ट बहुमत पाएको बाम गठबन्धनले आईतबार राजधानकिो होटल अन्नपूर्णमा संयुक्त पत्रकार सम्मेलन गरी सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार गठनका विषयमा प्रधानमन्त्री देउवा र देउवा नेतृत्वको नेपाली काँग्रेसले असंवैधानिक र गैरकानुनी अभिव्यक्ति दिईरहेको दावी पनि गरे एमाले अध्यक्ष ओलीले सरकार गठन गर्ने काम प्रतिनिधिसभाको भएकाले यसमा राष्ट्रिय सभाको सरोकार नै नरहेको दावी गरे । उनले विश्वका अन्य मुलुक र नेपालमा पनि प्रतिनिधिसभाले नै सरकार गठन र विघटन गर्ने विषय हुँदाहुँदै राष्ट्रिय सभा गठनको विषय प्रवेश गराएर प्रधानमन्त्री देउवाले सरकार गठनमा व्यवधान खडा गर्न खोजेको आरोप पनि लगाए अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई गैरसंवैधानिक ढंगले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश पारित गराउन राष्ट्रपतिलाई दवाव नदिन पनि सचेत गराए । उनले सरकार गठन भएपछि मात्रै राष्ट्रिय सभा गठन हुने तर्क पनि गरे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाम गठबन्धनको ध्यान मुलुकको स्थायित्व, विकास र समृद्धितर्फ केन्द्रित भएको बताए । उनले आफू प्रधानमन्त्री बन्ने लोभमा नरहेको पनि स्पष्ट पारे । अध्यक्ष दाहालले सरकार काम चलाउ भईसकेकाले सरुवा, बढुवा, नियुक्त जस्ता कुनै पनि काम नगर्न सचेत गराए बाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको आफूहरुसँग परामर्श समेत नगरी सरकारले ल्याएको राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश फिर्ता लिनुको विकल्प नरहेको दावी पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?