निजी गाडीलाई ट्याक्सीमा परिणत गर्न घुस माग्ने पक्राउ
काठमाडौँ,२ पुष- यातायात व्यवस्था कार्यालय बागमती एकान्तकुना, काठमाडौंको ट्याक्सी दर्ता शाखामा कार्यरत नायव सुब्बा ईश्वरबन्धु गौतम घुस रकमसहित पक्राउ परेका छन् सेवाग्राहीको निजी गाडीलाई ट्याक्सीमा परिणत गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई कार्यालय परिसरबाट ५० हजार घुससहित नियन्त्रणमा लिएको जनाइएको छ । उनीबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।