म्यानमारमा पहिलो पटक केबलकार सेवा सुरु

म्यानमार, २ पुस । म्यानमारमा पहिलो पटक केबलकार सेवा सुरु भएको छ चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिएको म्यानमारको क्याइकटिओ प्यागोडामा केबलकार सेवा शुरु भएको समाचारमा जनाइएको छ म्यानमारको मोन प्रदेशमा पर्ने गोल्डेन रकसमेत भनिने त्यस धार्मिक क्षेत्रमा केबलकार सञ्चालन गरिएको ग्योबल न्युलाइट अफ म्यानमारका अधिकारीले आइतबार जानकारी दिएका छन् दक्षिण कोरियाको कि एसिया नामक कम्पनीले केबलकार सेवा सञ्चालनमा ल्याएको उनीहरुले बताएका छन् देशकै पहिलो केबलकार सेवाको प्राकृतिक र वातावरण संरक्षण मन्त्री यु ओहन विनले शनिबार उद्घाटन गरेका छन् उक्त सेवाका लागि छ ओटा टावर निर्माण गरिएको छ र तिनलाई जोडेर ४४ ओटा केबलकार सञ्चालन गरिएको छ । केबलकारको हरेक डिब्बामा बढीमा आठ जना बस्न मिल्ने व्यवस्था छ याथेडाउङ पहाडदेखि क्याइक्टीओ प्यागोडासम्म कार सञ्चालन गरिएको सो केबलकारको यात्रा दश मिनेटको मात्र रहेको कर्मचारीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?