सही ब्रा नरोज्दा र लगाउने तरिका नमिल्दा के हुन्छ ?

माइती नेपालको सभाकक्षमा बुधबार भएको कार्यक्रम अलि फरक थिया । अलि फरक कार्यक्रम भएर होला सभाकक्ष पनि भरिभराउ नै थियो प्रयजसो हुने कार्यक्रम भन्दा बुधकार भएको सो कार्यक्रम अलि फरक र भिन्न थियो । सायद विषय पनि अलि फरक र उपयोगी भएकोले होला, सबैमा भिन्नै प्रकारको उत्सुकता देखिएको थियो माइती नेपालको सभाकक्षमा भएको सो कार्यक्रममा अतिथिको रुपमा आएकी एक महिलाले धमाधम आफ्नो व्यागबाट विभिन्न प्रकारका ब्राहरु निकाले र तीनका बारेमा भन्न थालेपछि त्यहाँ उपस्थिति भएका महिलाहरु ध्यान अझै बढी केन्द्रित भएको थियो गत तीन साताअगाडि अस्ट्रेलियाबाट आएकी ब्युटी थेरापिस्ट एवं लन्जरी एक्सपर्ट आरती शाक्यले विभिन्न खाले ब्रा र तिनलाई सही तरिकाले नलगाउँदा शरीरमा र्पुयाउने असरका बारेमा उनीहरूलाई बताइन् । सुरुमा त अलि लाज मानेजस्तो गर्ने महिलाले पनि विस्तारै ब्रा छान्दा वा लगाउँदा आफूले भोगेका समस्या खुलेर बताएका थिए । यसअघि पनि अन्य संस्थाका महिलामाझ उपयुक्त भित्री पहिरन नलगाउँदा यसले शरीरलाई र्पुयाउने असरको बारेमा जानकारी गराउँदा सहभागीले आफूले पाएको ज्ञान आफ्ना छोरी, दिदीबहिनी, भाउजू, आमा सबैलाई सिकाउने प्रतिक्रिया दिएका थिए अझै पनि भित्री पोसाकको बारेमा खुलेर बताउन चाहँदैनन् यहाँका महिला । तर, भित्री पोसाकको सम्बन्ध शारीरिक सौन्दर्यमा मात्रै नभई स्वास्थ्यसँग पनि गाँसिएका हुनाले विशेषगरी आमाले आफ्नो छोरीलाई राम्ररी बुझाउनुपर्ने फेसन परामर्शदातासमेत रहेकी आरतीको सुझाउ छ विश्वमा हरेक दिन प्रत्येक तीनमा एक महिलाको मृत्यु स्तन क्यान्सरकै कारण हुने विभिन्न अनुसन्धानमा देखिएको छ । यसरी स्तन क्यान्सर गराउने कारणमध्ये अनुपयुक्त तरिकाले लगाइने ब्रा पनि एक हो, आरतीको भनाइ छ । कस्सिएको ब्रालाई चौबीसैघन्टा लगाइरहँदा यसले शरीरमा रक्त सञ्चारमा प्रभाव पार्नुको साथै विषाक्त पदार्थहरू एकै ठाउँमा जमिरहँदा क्यान्सरसमेत हुने सक्ने बेलाबेलामा हुने विभिन्न अध्ययनले समेत पुष्टि गरेको छ विदेशमा ग्राहकले ‘अप्वाइन्टमेन्ट’ लिएरमात्रै ब्रा किन्न जाने गर्छन् । ग्राहकको स्तनको आकार प्रकार, उनको शारीरिक बनावट र उनले कस्ता पहिरन लगाउँछिन् भन्ने बारेमा सम्पूर्ण जानकारी लिएपछि मात्रै उनका लागि उपयुक्त ब्रा बेच्ने गरिन्छ । तर नेपालमा भने यस्तो चलन छैन तर महिलाको दैनिक प्रयोगसँग गाँसिएको वस्तु भएकाले लाज मान्ने प्रवृत्ति हटाएर ब्रा किन्नेले पनि आफूलाई लागेको जिज्ञासा सोध्ने र बेच्नेले स्वस्थ्य र सौन्दर्यको दृष्टिकोणबाट पर्ने प्रभावको बारेमा राम्ररी बुझाउनुपर्ने आरतीको भनाइ छ ब्रा लगाएको तरिका नमिल्दा हुने बेफाइदा– स्वाशप्रश्वासमा समस्या– शारीरिक बनावटमा असर– शरीरमा असहज हुनुको साथै चिलाउने र दुख्ने– छाती दुख्ने– गर्धन दुख्ने– ढाँड दुख्ने– कुम दुख्ने– स्तन कोषिकालाई हानि र्पुयाउनेसुझाउ– किशोरी अवस्थादेखि नै ब्रा लगाउनुपर्छ । यस अवस्थामा स्तनको विकास हुने भएकाले धेरै कसिने र तारयुक्त ब्रा लगाउनु हुँदैन । बरू अलि ठूलो भए केही फरक पर्दैन – प्रत्येक दिन लगाउँदा टिसर्ट ब्रा लगाउनुपर्छ। यसको बाहिरी भाग सादा र चिप्लो हुने हुनाले यसको बाहिर साधा वा बुट्टेदार दुवै खालका लुगा लगाउन सकिन्छ – कुनै पनि व्यायाम गर्दा वा खेल खेल्दा स्पोर्ट्स ब्रा लगाउँदा सजिलो हुन्छ – कुनै पनि पार्टीमा जाँदा पुस अप ब्रा लगाए यसले स्तनलाई माथि उठाएर शरीरलाई हट एन्ड सेक्सी लुक दिन्छ – गर्भवती भएको तीन महिनासम्म सामान्य ब्रा नै लगाए हुन्छ । तर, यसपछि भने म्याटरनिटी ब्रा लगाए राम्रो हुन्छ । यसमा सातवटा क्लिप हुन्छ । महिनैपिच्छे शरीरको तौल र आकार बढ्दै जाने हुँदा त्यही अनुरूपक्लिपले ब्रालाई ठूलो बनाउँदै लैजान सकिन्छ – गर्भवती अवस्थामा तार भएको टाइट ब्रा लगाउनुहुन्न । यसले स्तनका नसाहरू थिचिएर त्यसको विकासमा पनि असर गर्नुको साथै सुत्केरीपछि दूध उत्पादनमा पनि समस्या हुन्छ – सुत्केरी अवस्थामा पनि क्लिप फुकालेर दूध खुवाउन मिल्ने ब्रा लगाउनुपर्छ – ब्रा किन्दा राम्रोभन्दा पनि सजिलो र आडिलो रोज्नुपर्छ । त्यसैगरी आफ्नो स्तनको कप साइजमा पनि ध्यान दिनुपर्छ – ब्राको फित्ता बढी कस्सिएमा पाखुरा झमझम हुने, नीलो डाम बस्ने, ढाड दुख्ने हुनाले नरम फित्ता भएको रोज्नुपर्छ – ब्रा लगाउँदा एउटा फित्ता बढी कस्ने र अर्को हल्का गर्दा यसले स्तनको आकारलाई पनि सानो ठूलो देखाउने हुनाले दुवैलाई बराबरी कस्नेमा ध्यान दिनुपर्छ – ठूला स्तन हुनेहरूले मोटो फित्ता भएको ब्रा लगाउँदा यसले बढी आड दिन्छ – संवेदनशील छालामा ब्रा लगाउँदा चिलाउने र पोल्ने भएकाले सकेसम्म कटनकै ब्रा रोज्नु राम्रो हुन्छ – स्तन क्यान्सर भएका व्यक्तिहरूले तार भएको ब्रा नलगाउने । त्यसैगरी नाइलनको ब्रा पनि राम्रो हुँदैन। सधैं कटनकै ब्रा लगाउनुपर्छ – शरीर ज्यादै मोटो भएर ब्रा ठीक भएन भने ब्रा एक्सटेन्डरलाई त्यसमा जोडेर लगाउन सकिन्छ – शल्यक्रिया गरेर स्तनलाई ठूलो देखाउँदा यसले पछि नराम्रो असर पार्ने हुनाले स्तनको आकारलाई ठूलो देखाउन दुई सय प्रतिशत बुस्ट ब्रा लगाउन सकिन्छ – कसैको निप्पल ठूलो भएर ब्रा लगाउँदा पनि बाहिर आकार देखिन्छ भने पहिले निप्पल सिल लगाएरमात्रै ब्रा लगाउनुपर्छ यस्तो छ ब्रा बारे अरतीको भनाइ ?करिब १८ वर्षअगाडि कम्प्युटर पढ्न अस्ट्रेलिया गएकी काठमाडौंकी आरती शाक्यको मन त्यहाँ गएपछि उनमा परिवर्तन आयो । उनले मेकअप आर्टिस्टको रूपमा आफ्नो करिअर सुरु गर्न सौन्दर्यकलासम्बन्धी दुई वर्षको डिप्लोमा गरिन् । धमाधम यसै विषयमा अन्य दुईवटा डिप्लोमा समेत गरेर उनले ब्युटी थेरापिस्टको रूपमा काम गर्न थालिन् भित्री पहिरनमा भने आरतीले विगत आठ वर्षदेखि सिड्नीको चर्चित स्टोर ‘मायर’ मा लन्जरी एक्सपर्टको रूपमा काम गरिरहेकी छन् । सिड्नीमा भएका विभिन्न सौन्दर्य प्रतियोगितामा पनि काम गरिसकेकी आरती त्यहाँका विभिन्न अनलाइन र पत्रिकामा ब्युटी र फेसनसम्बन्धी लेखहरू लेख्ने गर्छिन् । बेलाबेलामा नेपाल आएर यहाँका महिलामाझ स्वास्थ्य र सौन्दर्य सचेतना जगाउनु उनको चाहना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?